तेह्रथुम : तेह्रथुममा अपराधिक गतिविधीमा संलग्न रहेका फरार सात जना अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
अदालतले दोषी ठहर गरेका अभियुक्तलाई प्रहरीले फरक फरक ठाउँबाट पक्राउ गरी अलदातमा पेश गरेको छ । अदालतबाट चोरी मुद्धामा कैद सहित जरिवाना सुनाएको आठराई गाउ“पालिकाका जयनारायण चौलागाइ र फेदाप गाउ“पालिकाका भिम बहादुर कार्र्कीलाई पक्राउ गरेको छ । त्यस्तै कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद फैसला भएका आठराई गाउ“पालिकाका डबल घिसिङ, जबरजस्ती करणी मुद्धाका अभियुक्त लालिगुरा“स नगरपालिकाका शंकर थापा र भ्रष्टचार मुद्दाका अभियुक्त छथर गाउ“पालिका देबेन्द्र कार्कीलाई अदालतमा पेश गरी कारागार चलान गरेको प्रहरी नायव उपरीक्ष्ँक टेकबहादुर कार्कीले बताए ।
यस्तै फेदाप गाउ“पालिकाका रोशन तामाङ घिसिङ, सवारी ज्यान मुद्दाका आठराई गाउ“पालिकाका विशाल विश्वकर्मालाई पनि पक्राउ गरी अदालत समक्ष्ँ पेश गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका अभियुक्त अदालतको फैसला पछि फरार रहेका थिए ।