धरान : भक्तपुरको बालकोटस्थित एक घरमा डेरा गरी बस्ने हुलाकका कर्मचारीका बाबुछोरा मृत भेटिएका छन् ।
जिल्ला हुलाक कार्यालय खोटाङ दिक्तेलका निमित्त प्रमुख ५६ वर्षीय कुलप्रसाद आचार्य मृत फेला परेका हुन् ।
उनका कान्छा छोरा २२ वर्षीय प्रवीन आचार्य पनि मृत भेटिएका छन् । उनीहरू डेराभित्रै मृत भेटिएको प्रहरीले जनाएको छ ।
उनीहरू दुवैको हत्या भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
उनीहरूसँगै कुलप्रसादका जेठा छोरा मिलन पनि सँगै सुतेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
सँगै बसिरहेका जेठा छोरा सम्पर्कविहीन हुनुमा घटना शङ्कास्पद बनेको छ ।
डिएसपी न्यौपानेका अनुसार जेठो छोरा भने डेरामा भेटिएनन्। उनको खोजी भइरहेको छ।