धरान : अफ्रिकी मुलुक मोजाम्बिकमा ३ महिना अघि भएको चुनावी नतिजाको विरोधमा चलिरहेको असन्तोषका बिच बुधवार भएको हिंसात्मक प्रदर्शनको मौका छोपेर मुख्य जेलबाट १ हजार ५०० कैदी फरार भएका छन् ।

मोजिम्बाक प्रहरी प्रमुख बर्नार्ड राफाएलका अनुसार सरकार विरोधी सङ्गठनहरूका हिंसात्मक प्रदर्शनकारीहरूको भीड जेल सम्म आइपुगेको थियो । प्रदर्शनकारीहरूको आडमा कैदीहरूले जेलको पर्खाल भत्काएर भाग्न खोज्दा दोहोरो भिडन्त भएको थियो ।

जेलका सुरक्षाकर्मीसँग झडप हुँदा ३३ जनाको मृत्यु भएको प्रहरी प्रमुख बर्नार्ड राफाएलले बताए । उनका अनुसार १५ जना घाइते भएका छन् । जेलबाट भागेको कैदीहरू मध्ये १५० जनालाई पुनः गिरफ्तार गरिएको छ ।

त्यहाँ गत अक्टोबरमा भएको चुनावमा धाँधली भएको आरोप लागेको थियो । धाँधलीको विषयमा अदालतमा परेको रिटमा सुनवाइ गर्दै सोमवार ओजाम्किकको सर्वोच्च अदालतले चुनाव नतिजा सदर गर्दै सत्तारुढ लिलिमी पार्टीको जीत भएको फैसला सुनाएको थियो ।

त्यस लगत्तै सरकार विरोधी सङ्गठनहरूले प्रदर्शन सुरु गरेको हो । मोजाम्बिकमा सन् १९७५ देखी लिलिमी पार्टी सत्तामा छ । गत अक्टोबरमा भएको चुनाव विवादास्पद बनेपछि अशान्ति उत्पन्न भएको छ ।