धरान : नेवा: देय दबूँ धरानको आइतबार सम्पन्न निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा प्रदीप कुमार श्रेष्ठ निर्वाचित भएका छन् । उनले ७६ मत ल्याएका थिए ।
वरिष्ठ उपाध्यक्षमा उम्मेदवार ममता शाक्य र प्रदीप कुमार श्रेष्ठ बिच प्रतिस्पर्धा भएको थियो ।
आइतबार भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा अर्का उम्मेदवार शाक्यले ७५ मत की थिइन । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले १ मत को मतान्तरले शाक्यलाई पराजित गरेका हुन ।
शनिबार देखि चलेको नेवा: देय दबूँको नगर अधिवेशनले नगर अध्यक्षमा मनोहर शाक्य सर्वसम्मत चयन गरेपनी वरिष्ठ उपाध्यक्ष पदमा सहमति नजुटे पछि चुनाव हुने भएको थियो ।