धरान : नेव: देय दबु धरान नगरको आइतबार सम्पन्न धरान उपमहानगर अधिवेशनले नगर अध्यक्षमा पुन: मनोहर शाक्यलाई सर्वसम्मत चयन गरेको छ ।
शनिवार देखि चलेको अधिवेशनले २७ सदस्यीय नगर कार्यसमिति सर्वसम्मत चयन गरे पनि वरिष्ठ उपाध्यक्ष पदमा सहमति नजुटेपछि वरिष्ठ उपाध्यक्षमा भने चुनाव हुने भएको छ । वरिष्ठ उपाध्यक्षमा उम्मेदवार ममता शाक्य र प्रदिप कुमार श्रेष्ठ बिच घम्साघम्सी प्रतिस्पर्धा हुने भएको छ ।
चुनाव आजै साँझ सम्म भए मतपरिणाम पनि आजै सार्वजनिक हुने निर्वाचन अधिकृत सरोज श्रेष्ठले बताए । निर्वाचन अधिकृत श्रेष्ठ नेवा: देय दबु धरान नगर सल्लाहकार समेत हुन । श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति रहेको छ । निर्वाचन समितिमा समीर आचार्जु श्रेष्ठ, लक्ष्मी प्रधान रहेका छन्।
आइतबार भएको अधिवेशनबाट देय दबु केन्द्रीय र प्रदेश समितिको पहलमा शाक्यलाई सर्वसम्मत अध्यक्ष चयन गरेपनी वरिष्ठ उपाध्यक्षमा सहमति जुट्न सकेको छैन ।
शाक्यको अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ । खुल्ला उपाध्यक्षमा बिनिता बज्राचार्य, महिला उपाध्यक्षमा सल्मा जोशी सर्वसम्मत उपाध्यक्ष बनेका छन् । सचिवद्वय लीला बहादुर प्रधान र प्रेम कुमारी श्रेष्ठ, कोषाध्यक्ष रमिता श्रेष्ठ चयन भएका छन् ।
सदस्यहरू सुमन श्रेष्ठ, मोनालिसा श्रेष्ठ, अनिल श्रेष्ठ, हरि कृष्ण श्रेष्ठ, अनेश कुमार तुलाधार, प्रेम तुलाधर, ईन्दिरा कुमारी खड्गी, सबिना शाक्य, बाबुकाजी श्रेष्ठ रहेका छन् ।
अधिवेशनमा प्रमुख अतिथि विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश रमेश राज भण्डारी विशेष अतिथि केन्द्रिय उपाध्यक्ष अनिल शाक्य, केन्द्रिय सदस्य नरेश कुमार शाक्य, नेवा: देय दबु सुनसरी अध्यक्ष वसन्त कुमार श्रेष्ठ लगायत अन्य सघं संस्थाको प्रतिनिधिहरुको उपस्थित रहेको थियो । कार्यक्रमको अध्यक्षता मनोहर शाक्यले गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव दिपेन्द्र श्रेष्ठ कसजुले गरेका थिए ।