धरान : उद्यमशील बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८०/ ०८१ मा कुल २ अर्ब ७२ करोड ३४ लाख ३३ हजार ५५७ रुपैयाँ ८६ पैसाको कारोबार गरेको छ ।
उक्त अवधिमा ३४ लाख ५९ हजार ५६० रुपैयाँ नाफा गरेको शनिवार १२ औँ वार्षिक साधारण सभामा कार्यवाहक अध्यक्ष सिंहबहादुर मादेनले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन अनुसार गत बर्षको भन्दा यस बर्ष १२ लाख ३३ हजार २७९ रुपैया ८ पैसा सहकारीमा कम कारोबार भएको छ । यो घाटा प्रतिशत २६ दशमलव २८ रहेको प्रतिवेदनमा उल्लेख छ । चुम्लुङ हिममा भएको साधारण सभाको प्रमुख आतिथ्यता कोशी प्रदेशसभा सदस्य रमेश बस्नेतले गरेका थिए ।
उनले राज्यले नागरिकहरुसँग सहकारीको लगानी र भूमिकालाई जोड्न सके मात्र अवको अवस्थामा सहकारी अगाडी बढन सक्ने बताए । बस्नेतले भने ‘सहकारीहरु राज्यको निती र कार्यविधी ऐन र नियम अनुरुप सञ्चालन भएमा डूब्ने अवस्था आउँदैन ।’ कतिपय सहकारीहरु व्यक्तिगत स्वार्थका कारण डूबेकाले जनताले दुःख पाइरहेको उनको भनाई थियो ।
जिल्ला सहकारी संघका अध्यक्ष दिनेश श्रेष्ठले स्थानीय तहले ठोस कार्य नीति नल्याएकाले कतिपय सहकारीहरु डुबेको बताए । सरकारले ठोस निती र कार्यविधी ल्याए सहकारीहरुलाई जीवन्त रहन सक्ने उनको भनाई छ ।
साधारण सभामा ब्लाष्ट दैनिकका कार्यकारी सम्पादक भोजराज श्रेष्ठ सम्मानित भएका छन ।श्रेष्ठलाई नगद १० हजार ५ रुपैयाँ पुरस्कार सहित सम्मान गरिएको हो । कर्मचारी तथा बचतकर्ता र असल ऋणीहरू सहित जम्मा २५ जनालाई सम्मान गरिएको छ ।
संस्थाको कुल शेयर लगानी आर्थिक वर्ष आव ०८०/०८१ मा ५ करोड २१ लाख ८७ हजार ३ सय रहेकोमा चालु वर्षमा ० दशमलव ७८ प्रतिशत सेयर पुजिँ कमी भएको छ । अघिल्लो बर्ष शेयर लगानी सहित कुल लगानी ५ करोड २६ लाख १ हजार १ सय थियो ।
सहकारीमा २७५३ जना महिला तथा पुरुष २५१८ जना सहित कुल शेयर सदस्य सङ्ख्या ५२६१ रहेका छन् ।
सहकारीले आर्थिक वर्ष २०८० /८१ मा कुल ५ करोड ७९ लाख ९२ हजार १८ रुपैयाँ आम्दानी गरेको छ । लेखा समिति संयोजक आरती राईले संस्थाको लेखा प्रतिवेदन प्रस्तुत गरेकी थिइन ।
साधारण सभाद्वारा उद्यमशिल सहकारी अध्यक्षमा अनिता श्रेष्ठ निर्वाचित
उद्यमशिल सहकारी संस्थाको १२ औँ साधारण सभाले अध्यक्ष पदमा अनिता श्रेष्ठलाई सर्वसम्वत निर्वाचित गरेको छ । सभाले उनको अध्यक्षतामा ११ जनाको कार्यसमिति गठन गरेको छ ।
कार्यसमिति उपाध्यक्ष सिंह बहादुर मादेन,सचिव बिकी श्रेष्ठ, कोषाध्यक्ष कला राई रहेका छन । सदस्यहरूमा आरती राई, मेघ बहादुर राउत, देश कुमार राई, सान्तना श्रेष्ठ, राम कार्की,चयन भएका छन ।
लेखा समिती संयोजकमा देव चन्द्र सिवाकोटी, सदस्यहरुमा कुमारी भुजेल मगर, बिमला राई चयन भएका छन ।