धरान : मेरो बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा कुल ४ करोड १४ लाख ११ हजार ६९८ रुपैयाँ कारोबार गरेको छ । खुद नाफा ३ लाख १८१ रुपैयाँ आर्जन गरेको छ ।
सहकारीको १४ औँ वार्षिक साधारण सभामा अध्यक्ष उद्धवबहादुर लिम्बुद्वारा प्रस्तुत वार्षिक प्रतिवेदनमा उक्त हिसाब देखाइएको हो ।
यायोक्खा भवनमा शनिवार भएको साधारण सभाको उद्घाटन जिल्ला सहकारी सङ्घका अध्यक्ष दिनेश श्रेष्ठले गरेका थिए । उनले राज्यले नागरिकहरूसँग सहकारीको लगानी र भूमिकालाई जोड्न सके मात्र अबको अवस्थामा सहकारी अगाडी बढ्न सक्ने बताए । उनले भने ‘स्थानीय तहले ठोस कार्य नीति ल्याएका कतिपय सहकारीहरू डुबेका हुन ।’
साधारण सभामा शेयर सदस्य, बचतकर्ता र असल ऋणीहरू सहित जम्मा ५ जनालाई सम्मान गरिएको थियो । संस्थामा आर्थिक वर्ष ०८०/०८१ मा कुल शेयर लगानी १ करोड १५ लाख ४० हजार २ सय भएको छ ।
सहकारीमा महिला र पुरुष ५१८ जना शेयर सदस्य छन् । आर्थिक वर्ष २०८०/८१ मा ५२ लाख ९३ हजार ६९४ रुपैयाँ आम्दानी गरेको छ । साधारण सभामा लेखा समिति संयोजक खेम रहनपहेलीले संस्थाको लेखा प्रतिवेदन प्रस्तुत गरे ।
साधारण सभाको अध्यक्षता अध्यक्ष उद्धव लिम्बुले गरेका थिए । सहकारी सङ्घकी कोषाध्यक्ष लक्ष्मी प्रधान, जिल्ला बचत सङ्घकी उपाध्यक्ष ममता शाक्य, राष्ट्रिय सहकारी बैङ्कका शाखा प्रबन्धक मुना गिरी लगायत शेयर सदस्यहरूको उपस्थिति रहेको थियो ।