धरान : धरान-२० स्थित कार्की छाप कालीखोला समुदायिक वन उपभोक्ता समुहमा वनको रुख काटेर घर टहरा बनाएको आरोपमा तल्लो कार्की छापका भुपाल राईलाई  पक्राउ गरिएको छ ।

बिष्णुपादुका सवडिभिजन वन कार्यालय, विष्णुपादुकाका कार्यालय प्रमुख निमा भोटेको संयोजकत्वमा वन अध्यक्ष तामाङ र सचिब जीवन राईको टोलीले राईलाई पक्राउ गरेको बताइएको छ ।

राईले कार्कीछाप कालीखोला समुदायिक वन भित्रका २ दर्जन करमको रुख काटेर घर टहरा बनाएको सचिव राईले बताए । उनका अनुसार पक्राउ परेका राईलाई सव वन डिभिजन कार्यालयका धरान तिनकुनेमा राखिएको छ ।

ban-karyala-2