धरान : नेपाली काँग्रेस, धरान-३ वडा कार्यसमितिमा रिक्त पदाधिकारी पदहरूमा सर्वसम्मत रूपमा पदपूर्ति गरिएको छ । रिक्त उपसभापति, सचिव र सहसचिव पद सर्वसम्मत पदपूर्ति भएको हो ।
काँग्रेसको विधान अनुसार निर्वाचन प्रक्रियाबाट पदपूर्ति गर्नुपर्ने प्रावधान छ । सोही प्रक्रिया अनुसार निर्वाचनमा तीन वटै पदमा १/१ जनाको मात्र उम्मेदवारी परेको थियो । मतदान प्रक्रिया अपनाउन नपरेकाले निर्विरोध निर्वाचित भई पदपूर्ति भएको मतदान अधिकृत भरत शाक्यले बताए ।
निर्वाचित उपसभापति मोती श्रेष्ठ, सचिव विरोज ताम्राकार र सहसचिव इन्दिरा खड्गीलाई क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, प्रदेश (क) सभापति अनिल श्रेष्ठ, नगर सभापति श्याम पोखरेल, वडा सभापति उमेश श्रेष्ठ, वडा अध्यक्ष विद्या शाक्य लगायतले खादा तथा अबिर लगाई बधाई तथा शुभकामना दिएका थिए ।